site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता 

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका स्कट एड्वार्ड्सलाई दीपेन्द्रले अनिलकुमार साहबाट क्याच गराए । एड्वार्ड्सले नेदरल्यान्ड्सका निम्ति दुई रन बनाए  ।

जारी खेलको १७ ओभर सकिँदा नेदरल्यान्ड्सले चार विकेट गुमाएर १४५ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro