site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विद्यालय महिला क्रिकेटको उपाधि सरस्वती स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउन्डेस र क्रिकेट विथ आउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उपविजेता सरस्वती स्कुलले जितेको छ । 

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश बालिका स्कुललाई ७२ रनको फराकिलो अनतरले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १४३ रनको योगफल बनाएको थियो ।  सरस्वतीकी प्लेयर अफ दी फाइनल  प्रेरणा पासवानले  ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् ।

आर्दश बालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् ।

१४४ रनको लक्ष्य पछ्याएको आर्दश बालिकाले १५ दशमलव २ बलमा  सबै विकेट गुमाई ६९ रनमा सीमित भयो । बालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन्  ।

सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णीमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिइन् ।

प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् ।

विजयी तथा अन्य देलाडीलाई विराटनगर महानगर पालिकाकी उपमेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट बाउन्ड्रीका  सार वेग, एड ल्याम्प टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलले भाग लिएका थिए ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro