site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति खुला म्याराथनको उपाधि अनिशले जिते

काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् ।

शनिबार काठमाडौंमा ४२.१९५ किमि म्याराथन दौड अनिशले दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले तीन लाख रुपैयाँ नगद र एउटा मोटरसाइकल प्राप्त गरे ।

यस्तै, सशस्त्र प्रहरी बलको एपीएफ क्लबका किरणसिंह बोगटी दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गरी दोस्रो भए । उनले नगद दुई लाख प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लब राजन रोकाया निर्धारित दूरी दुई घण्टा २४ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो भए । उनले एक लाख रुपैयाँ प्राप्त गरे ।

२१ किमि महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् । उनले ७५ हजार नगद र एउटा मोटरसाइकल प्राप्त गरिन् ।

यस्तै, नेपाल पुलिस क्लबका राममाया बुढा दोस्रो र पुलिसकै राजपुरा पछाई तेसो भए । उनीहरूले क्रमशः ५० हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुष हाफ म्याराथनको उपाधि आर्मीका दीपक अधिकारीले जिते । उनले एक घण्टा पाँच मिनेट ११ सेकेन्डमा दौड सकाएका थिए । उनले ७५ हजार रुपयाँ र एउटा मोटरसाइकल प्राप्त गरे ।

आर्मीकै नरेन्द्र रावल दोस्रो बन्दै ५० हजार र आर्मीकै गजेन्द्र राई तेस्रो हुँदै ३५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाली सेनाले महाशिवरात्रि एवं नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा नवौँ संस्करणको म्याराथन आयोजना गरेको हो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro