site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुशलले दिलाए नेपाललाई दोस्रो सफलता 
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् ।

कुशलले ८.५ ओभरमा नेदरल्यान्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् । नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे ।

जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ७७ रन बनाएको छ । 

शृंखलामा नेपालको यो दोस्रो र नेदरल्यान्ड्सको पहिलो खेल हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro