site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडा–११ विरुद्ध फिल्डिङमा नेपाल, विनोदको स्थानमा कप्तानी गर्दै सन्दीप 

काठमाडौं । क्यानडा–११ सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ ।

मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले फिल्डिङको निर्णय गरे । उनले पाहुना टिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आज नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नभएपछि नेपालको नेतृत्व सन्दीपले गर्दै छन् ।

तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro