site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाल्पामा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रामपुर (पाल्पा) । पाल्पामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो । 

रुपन्देहीको खैरेनीबाट माथागढी–५, धामिका ढुंगाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५, आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आज दुर्घटना भएको हो । 

उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro