site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावर प्लेमा शीर्षक्रम ब्याटिङ धराशायी, चौथो विकेटका रूपमा आउट भए कप्तान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध पहिलो ब्याटिङ पावर प्लेमा नेपालका शीर्ष क्रम ब्याटिङ धराशायी बनेको छ ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले पहिलो १० ओभरको समाप्तिमा चार विकेट गुमाएर २५ रन बनाएको छ ।

चौथो विकेटका रूपमा आउट भएका नेपालका कप्तान रोहितकुमार पौडेलले टिमको खातामा एक रन मात्र थप्न सके । रोहितलाई ९.३ ओभरमा नामिबियाका ज्याक ब्रासेलले बोल्ड गरे ।

त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थप्दा अनिल साह आठ रनमा पभेलियन फर्किएका थिए ।

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro