site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग वानमा पीएसजीलाई ११ अंकको अग्रता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा ११ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा लिललाई ३–१ ले हराउँदै पीएसजीे उपाधि रक्षातर्फ अगाडि बढेको हो ।

पीएसजीको जितमा गोन्कालो रामोस र कोलो मुआनीले गोल गरेका समान एक गोल गरे । एक गोल भने पीएसजीले लिलका खेलाडीबाट आत्मघाती गोल पाएको थियो । लिलका यूसुफ याजिकीले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल भ्रमणकारी टोली लिलले नै गरेको थियो । छैटौँ मिनेटमा युसुफ याजिकीले गोल गर्दै लिललाई अग्रता बनाएको थियो । तर, त्यसको चार मिनेटपछि नै रामोसले बराबरी गोल फर्काएका हुन् ।

१७औँ मिनेटमा सौजाले आत्मघाती गोल गरेका थिए । ८०औँ मिनेटमा मुआनीले तेस्रो गोल गर्दै जित पक्का गरेका हुन् ।

११ पटकको फ्रेन्च लिग च्याम्पियन पीएसजी २१ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको नाइसको ३९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । लिल ३५ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro