site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शीर्ष स्थानको रियाललाई पाँच अंकको अग्रता

काठमाडौं । जिरुनाविरुद्ध ४–० को जित निकाल्दै रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।

शनिबार राति घरेलु मैदानमा जुड वेलिंघमले सानदार प्रदर्शन गरेपछि उपाधिमा चुनौती दिइरहेको जिरुनालाई सहजै हराएको हो । रियालको जितमा वेलिंघमले दुई गोल गर्दा भिनिसियस जुनियर र रोड्रिगोले समान एक गोल गरेका छन् ।

सान्टियागो बर्नाबेउमा जुनियरले छैटौँ मिनेटमै रियाललाई अग्रता दिलाएका हुन् । ३५औँ मिनेटमा इङ्ल्यान्ड मिडफिल्डर बेलिंघमले गोल गर्दै रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५४औँ मिनेटमा वेलिंघमले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । अर्का ब्राजेलियन स्टार रोड्रिगोले रियाललाई ६१औँ मिनेटमा ४–० को अग्रता दिलाएका थिए ।

जितसँगै शीर्ष स्थानको रियालले २४ खेलबाट ६१ अंक जोडेको छ । उनले १९ खेल जित्दा चार बराबरी र एक हार बेहोरेको छ ।जिरोना समान खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ५० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro