site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अडानीको गल्फ जायन्ट्समा दीपेन्द्रसिंह ऐरी अनुबन्धित
फाइल तस्बिर ।

काठमाडौं । अन्तर्राष्ट्रिय ट्वान्टी–२० लिग (आईएल)को फ्रेन्चाइजी टिम गल्फ जायन्ट्सले नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गरेको छ । गल्फ जायन्ट्स यूएईमा आधारित इन्टरनेसनल लिग (आईएल)को टिम हो ।

गल्फ जायन्ट्सको स्काउटिङ टिमले नेपाली क्रिकेट र यसका प्रतिभाशाली खेलाडीको प्रदर्शनलाई नियाल्दै आएको जनाएको छ । अलराउन्डमा विशेष छविका साथ परिचित ऐरी छनोट भएको टिमले जानकारी गराएको छ ।

ऐरीले गल्फ जायन्ट्समा सहभागी हुन पाएकामा खुसी व्यक्त गरेका छन् । उनले यो विशेष अवसर भएको भन्दै टिमको सफलतामा योगदान गर्न उत्सुक रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले ऐरी र टिमलाई शुभकामना व्यक्त गरेको छ ।

गल्फ जायन्ट्सको मालिक भारतीय उद्यमी गौतम अडानीको कम्पनी अडानी ग्रुप रहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro