site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपको पक्षमा नारा लगाउने दुई समर्थक प्रहरीको नियन्त्रणमा 

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए । प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।

त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई नियन्त्रणमा लिएको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो । 

जारी खेलको ४१.२ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर १८१ रन बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro