site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आइभोरी कोस्ट र नाइजेरिया उपाधिका निम्ति भिड्ने

काठमाडौं । डीआर कंगोविरुद्ध १–० को साँघुरो जित निकाल्दै घरेलु टिम आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका निम्ति नाइजेरियासँगको भेट पक्का गरेको छ ।

बुधबार राति आइभोरी कोस्टको ओलम्पिक स्टेडियम अफ एबिम्पेमा घरेलु टिमलाई जित दिलाउन सेबास्टियन हलेरले निर्णायक गोल गरे । हलेरले ६५औँ मिनेटमा गोल गर्दै आइभोरी कोस्टलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा आइभोरी कोस्टले उपाधिका लागि नाइजेरियासँगको भेट पक्का गरेको हो ।

बुधबार नै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नाइजेरियाले फाइनल यात्रा तय गरेको थियो । खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो ।

पेनाल्टीमा दक्षिण अफ्रिकाबाट पहिलो र तेस्रो प्रहारका निम्ति आएका खेलाडी गोल गर्न चुके । नाइजेरियाका ओला आइना पेनाल्टीमा गोल गर्न असफल बनेका थिए । तेस्रो प्रहारका निम्ति आएका आइना असफल बने पनि नाइजेरियाका चारजनाले गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिका निम्ति फेब्रुअरी १२ मा आइभोरी कोस्ट र नाइजेरिया भिड्ने छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro