site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कपमा कोसी अन्तिम खेलमा विजयी

काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै कोसी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ । कोसीले मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशविमाथि १६ रनको जित निकालेको हो ।

जारी प्रतियोगितामा कोसीको यो एकमात्र जित हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कोसीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका दिल्सान अलीले ३२ रन बनाए । विराट भण्डारीले २८, सम्राट भुसालले २६, कृष्ण कार्कीले २२ र निर्मल गुरुङले ११ रन जोडे ।

कोसीका सौजन घिमिरेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका सुजनले एक मेडन फ्याक्दै ३१ रन खर्चिए । अभ्यास तिम्सिना, कमल खत्री र समिर कार्कीले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोसीले ४४.४ ओभरमा सबै विकेट गुमाएर १७२ रनको योगफल खगा गरेको थियो । 

कोसीका कप्तान अंकित सुवेदीले ४९ रन बनाए । अर्धशतकबाट एक रनले चुकेका सुजनले ६५ बलमा नौ चौका प्रहार गरे । सौजन घिमिरेले ४३ रन थपे । मिनास थापाले २५, सोनु अन्सारीले १७ र आइस भट्टराईले १० रन जोडे ।

लुम्बिनीका नर सार्कीले चार विकेट लिए । वीर मगरले तीन विकेट लिँदा अभिषेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।

जितसहित प्रतियोगिताको अन्त्य गरेको कोसी नौ खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ । आठ खेलबाट दुई अंक जोडेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro