site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा ढकेलिएको थियो । थ्री स्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६औँ र २९औँ मिनेटमा गोल गर्दै जित दिलाए ।

प्रतियोगिताअन्तर्गत आइतबार (भोलि) साविक विजेता संकटा एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजक सहारा क्लबले जनाएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro