site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियन ओपन : जोकोभिच, रुभेलेभ, सित्सिपास र फ्रिट्ज चौथो चरणमा

काठमाडौं । अर्जेन्टिनाका टोमस मार्टिन एचाभेरीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

शुक्रबार रोड लभेर एरिनामा सम्पन्न खेलमा जोकोभिचले पहिलो र दोस्रो सेट क्रमशः ६–३, ६–३ ले सहजै आफ्नो पक्षमा पारेका थिए । अन्तिम सेट रोमाञ्चक बने पनि ७–६ (७–२) ले टाइब्रेकरमा जित्दै जोकोभिचले चौथो चरणमा स्थान पक्का गरेका हुन् ।

विश्व नम्बर एक सर्वियन स्टार जोकोभिचले अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सका एन्ड्रियन मानारिनोसँग खेल्ने छन् ।

शुक्रबार नै भएको अन्य खेलमा जित निकाल्दै एन्ड्री रुभलेभ, स्टेफानो सित्सिपास र टेलर फ्रिट्जले पनि चौथो चरणको यात्रा तय गरे । 

पाँचौ स्थानका रुभलेभले अमेरिकाका सेबास्टियन कार्डोलाई ६–२, ७–६ (८–६) ६–४ को सोझो सेटमा पराजित गरे । सातौँ स्थानमा आसिन ग्रिस स्टार सित्सिपासले फ्रान्सका लुका भान आचलाई ६–३, ६–०, ६–४ को सहज स्कोरमा पराजित गरे । 

यस्तै, १२औँ स्थानका फ्रिट्जले हंगेरीका फाबियन मारोज्सानलाई ३–६, ६–४, ६–२, ६–२ को सेटमा हराए । 

प्रतियोगिताको महिला एकलतर्फ दोस्रो स्थानकी आर्यना साबालेन्का, अमेरिकाकी कोको गौफ र चेक गणतन्त्रकी बार्बोरा क्रेजिकोभाले चौथो चरणको यात्रा तय गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro