site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अल्कारेज, जेभरेभ र रुड तेस्रो चरणमा

काठमाडौं । इटालीका लोरेन्जो सोनेगोलाई ३–१ को सेटमा हराउँदै विश्व वरीयताको दोस्रो स्थानका कार्लोस अल्कारेज वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार रोड लभेर रंगशालामा सम्पन्न खेलमा स्पेनिस युवा स्टार अल्कारेजले पहिलो सेट ६–४ ले जितेका थिए । रोमाञ्चक बनेको दोस्रो सेट ७–६ (७–३) ले जित्दै सोनेगोले खेलमा पुनरागमन गरेका थिए । तर, तेस्रो सेट ६–३ ले जित्दै अल्कारेजले पुनः सोनेगोमाथि दबाब थपेका थिए । 

प्रतिस्पर्धात्मक बनेको अन्तिम सेट ७–६ (७–३) ले जित्दै अल्कारेजले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

अल्कारेजले अब चौथो चरण प्रवेशका लागि चीनका जुन्चेङ साङसँग प्रतिस्पर्धा गर्नेछन् । साङले बिहीबार नै भएको खेलमा भारतका सुमित नगाललाई हराउँदै तेस्रो चरणमा स्थान बनाएका थिए । 

छैटौँ स्थानमा एलेसान्डर जेभरेभले तेस्रो चरण प्रवेश गर्ने क्रममा स्लोभाकियाका लुकास क्लेइनलाई पाँच सेटमा हराए । चार घण्टा ३१ मिनेटसम्म चलेको खेलमा जर्मनीका जेभरेभले छनोटबाट आएका क्लेइनलाई पहिलो सेटमा ७–५ ले हराएका थिए । तर, दोस्रो र तेस्रो सेट क्रमशः ३–६ ४–६ ले गुमाएपछि जेभरेभ दबाबमा आएका थिए । त्यसपछिका प्रतिस्पर्धात्मक दुई सेट ७–६ (७–५) ७–६ (१०–७) ले जित्दै जेभरेभले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

जेभरेभले अब चौथो चरण प्रवेशका लागि अमेरिकाका एलेक्स मिचल्सेनसँग खेल्नेछन् । 

यस्तै, ११औँ स्थानका कास्पेर रुडले अस्ट्रेलियाका म्याक्स पुर्सेललाई हराउँदै तेस्रो चरणमा स्थान बनाए । नर्वेका रुडले पुर्सेललाई पाँच सेटमा पराजित गरेका हुन् । पुर्सेलविरुद्ध रुडले ६–३ ६–७ (५–७) ६–३ ३–६ ७–६ (१०–७) को स्कोरमा जित निकालेका थिए ।

रुडले अब चौथो चरण प्रवेशका लागि ब्रिटेनका क्यामरोन नोरीविरुद्ध खेल्नेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro