site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
६ हजार ५०० किलोमिटर यात्रा गरेर आएको टिम फ्रेन्च कपमा १२–० ले पराजित

काठमाडौं । फ्रेन्च कपका लागि ६ हजार ५०० यात्रा गरेर आएको गोल्डेन लियोन लिलसँग १२–० ले पराजित भएको छ । घरेलु टिमसँग फराकिलो हार बेहोरेसँगै गोल्डेन लियोनले आफ्नो टापुमा फर्किनलाई पनि पुनः ६ हजार ५०० किलोमिटर यात्रा गर्नुपर्ने भएको छ ।

फ्रान्सले आफ्नो अधिनमा रहेको विश्वभरका टापुका क्लबहरूलाई फ्रेन्च कप खेल्न अनुमति दिएकाले गोल्डेन लियोन प्रतियोगिताका लागि फ्रान्स आइपुगेको थियो । तर, क्यारेबियन टापुको यो टिम फ्रेन्च लिग वान ‘जायन्ट’ लिलसँग अन्तिम–६४ को खेलमा १२–० ले पराजित हुँदै घर फर्किने भएको हो ।

लिलको जितमा दुई खेलाडीले ह्याट्रिक गरे । दुई खेलाडीले समान दुई गोल गर्दा दुई खेलाडीले एक–एक गोल गरे । लिलका जोनाथन डेविड र एडोन झेग्रोभाले ह्याट्रिक गरे । युसुफ याजिसी र हाकोन आर्नर हराल्डसनले समान दुई गोल गरे । यस्तै, थियागो सान्तोस र एमिन सेसोउसाले समान एक गोल गरे । 

खेलको पहिलो हाफमा लिलले गोल्डेन लियोनविरुद्ध ७–० को अग्रता बनाएको थियो । 

खेलका दौरान पाहुना टिमले गोलका लागि एकमात्र प्रहार गर्दा लिलले ३६ प्रहार गरेको थियो । यसमध्ये घरेलु टिमले २२ प्रहार लक्ष्यमा राखेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro