site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहज जितसहित युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं । सलेर्निटानाविरुद्ध ६–१ को सहज जित निकाल्दै युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एलिएन्ज रंगशालामा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै युभेन्ट्स विजयी भएको हो ।

पहिलो मिनेटमै चुक्वुबुइकेम इकवुइमेसीले सलेर्निटानालाई अग्रता दिलाएका थिए । १२औँ मिनेटमा घरेलु टिमका फावियो मिरेटीले बराबरी गोल गरे ।

३५औँ मिनेटमा आन्द्रे काम्बिआसोले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । डानियल रुगानीले ५४औँ मिनेटमा युभेन्ट्सबाट तेस्रो गोल गरे । युभेन्ट्सले चौथो गोल भने ७५औँ मिनेटमा पाहुना टिमका डेलान ब्रोनबाट आत्माघाती उपहार पाएको थियो ।

केनान निल्जीले ८८औँ मिनेटमा गोल गरेपछि युभेन्ट्स ५–१ ले अघि रह्यो । टिमोथी वेहले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्ट्सले ६–१ को सहज जित निकालेको हो ।

अब सेमिफाइनल प्रवेशका निम्ति युभेन्ट्सले फ्रोसिननसँग खेल्नेछ । फ्रोसिननले नापोलीलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro