site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, मार्चमा आयरल्यान्ड ‘ए’सँग खेल्ने 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को वार्षिक क्रिकेट क्यालेन्डर तय गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार नेपाली सिनियर राष्ट्रिय टिमले आउँदो फेब्रुअरी १० देखि १४ सम्म घरेलु मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखला खेल्नेछ । फेब्रुअरी २७ देखि मार्च ५ सम्म घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलिनेछ ।

यस्तै, मार्च १९ देखि ३० सम्म टेस्ट टोली आयरल्यान्डको ‘ए’ टिमसँग नेपालले पाँच एकदिवसीय र तीन ट्वान्टी–२० खेलको शृंखला खेल्नेछ ।

क्यालेन्डरअनुसार युवा विश्वकप खेल्ने नेपाली यू–१९ टिम जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा ‘हाई पफर्मेन्स क्याम्प’ मा बस्नेछ ।

c3-1704366926.jpgc4-1704366939.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro