site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्ष २०२३ : यी हुन् गुगलमा सबैभन्दा धेरै खोजिएका पाँच फुटबलर

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी सन् २०२३ को गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी बनेका छन् । 

अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई सन् २०२३ मा गुगलमा मासिक एक करोड ८० लाख ४० हजार पटक खोजिएको थियो । मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा अनुबन्धित छन् । 

यो सूचीको दोस्रो स्थानमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो छन् । गएको वर्ष गुगलमा रोनाल्डोलाई मासिक औसत एक करोड ५० लाख २० हजार पटक खोजिएको थियो । रोनाल्डो हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा पीएसजीका फरवार्ड काइलियन एमबाप्पे छन् । एमबाप्पे वर्ष २०२३ मा मासिक औषत एक करोड २० लाख ५० हजार पटक गुगलमा खोजीका थिए ।

यो सूचीको चौथो स्थानमा म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड र पाँचौँ स्थानमा ब्राजिलका फरवार्ड नेइमार छन् । गत वर्ष हाल्यान्ड गुगलमा मासिक औषत एक करोड १० लाख ७० हजार पटक र नेइमार एक करोड ८० पटक खोजिएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro