site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो क्वालिफायरमा पोखरालाई ललितपुरको चुनौती

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा आज पोखरा थन्डर्ससामू ललितपुर सिटी एफसीले चुनौती प्रस्तुत गर्दै छ ।

यसअघि पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएपछि पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । 

यता, ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको धनगढीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता थियो । जसमध्ये पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी शीर्ष चारमा रहँदै प्लेअफमा आइपुगेको थिए ।

प्रतियोगिताको फाइनल खेल शनिबार दशरथ रंगशालामा नै हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro