site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिगको विजेताले ७० लाख रुपैयाँ पाउने

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ७० लाख रुपैयाँ पाउने भएको छ ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको विजेताले ट्रफसँगै ७० लाख रुपैयाँ पुरस्कार पाउने जनाएको हो ।

यस्तै, उपविजेताले २० लाख, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दुई लाख, उच्च गोलकर्ताले एक लाख, उत्कृष्ट गोलकिपरले एक लाख र उदीयमान खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी दोब्बरले बढेको हो । यसअघि पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

प्रतियोगिताको दोस्रो संस्करणको फाइनल आगामी शनिबार हुँदै छ । जसमा धनगढी एफसीले पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको विजेतासँग खेल्ने छ ।

NSL-1703684880.png

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro