site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिडफिल्डर एरिक विष्ट बने करेन्ट चाउचाउको ब्रान्ड एम्बेस्डर

काठमाडौं । यशोदा फुड्सको करेन्ट चाउचाउले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको क्लब बुटवल लुम्बिनी एफसीका मार्की तथा कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

यशोदा फुड्सले नेपाल राष्ट्रिय फुटबल टोली मिडफिल्डरसमेत रहेका एरिकसँग एक वर्षका लागि सम्झौता गरेको हो । यशोदाले सम्झौता रकम भने सार्वजनिक गरेको छैन ।

जारी नेपाल सुपर लिगमा बुटवल लुम्बिनीका लागि एरिकले दुई गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । तर, टोलीले प्लेअफमा स्थान बनाउन भने सकेन ।

आठ खेलबाट १० अंक जोडेको बुटवलले तालिकाको छैटौँ स्थानमा रहँदै एनएसएलको दोस्रो संस्करण टुंग्याएको थियो ।

“यशोदा फुडसँग जोडिन पाउँदा खुसी छु । यो अवसरका लागि कम्पनीलाई धन्यवाद,” एम्बेस्डरमा नियुक्त भएपछि एरिकले भने ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro