site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरा शीर्ष स्थानमा, प्लेअफमा धनगढीको स्थान निश्चित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसी र पोखरा थन्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीका मिलन राई र पोखराका मोसेस ग्याम्बाह त्वमले गोल गरे । धनगढी १–० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।

मिलनले खेलको ४२औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पोखराका अभिषेक वाइवासँगको बल खोस्दै अहमद हिजाजीले बनाएको काउन्टरमा उनले गोल गरेका हुन् ।

तर, निर्धारित समयको अन्तिम मिनेटमा त्वमले गोल गर्दै पोखरालाई खेलमा फर्काए । लेफ्ट साइडबाट सुरजजिउ ठकुरीले गरेको कर्नर प्रहारमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका त्वमले सहजै गोल गरे ।

बराबरीसँगै पोखराले दोस्रो संस्करणको लिग चरणमा शीर्ष स्थान निश्चित गरेको छ । पोखराले लिग चरणका आठ खेलबाट १५ अंक जोडेको छ । अन्तिम खेलअगावै प्लेअफमा स्थान बनाएको पोखराले अब फाइनल प्रवेशका निम्ति पहिलो क्वालिफायरमा दोस्रो स्थानको टिमसँग खेल्नेछ ।

तालिकाको दोस्रो स्थानका रहेको धनगढीले पनि प्लेअफमा स्थान निश्चित गरेको छ । धनगढीले आठ खेलबाट १३ अंक जोडेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro