site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईलाई हराउँदै बंगलादेशले जित्यो युवा एसिया कपको उपाधि 

काठमाडौं । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)लाई १९५ रनले हराउँदै बंगलादेशले एसीसी यू–१९ एसिया कपको उपाधि जितेको छ ।

आइतबार दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २४.५ ओभरमा ८७ रनमै समेटियो ।

यूएईका ध्रुव परासरले २५ रन बनाए । अक्षत राईले ११ रन बनाउनुबाहेक यूएईका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईलाई सस्तैमा समेट्न बंगलादेशका मरुफ मृधा र रोहानत बार्सनले समान तीन विकेट लिए । इक्बाल हुसैन इमोन र सेख पाइभेज जिवोनले दुई/दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशी टिमले निर्धारित ५० आभेरमा आठ विकेट गुमाएर २८२ रन बनाएको थियो ।

बंगलादेशका ओपनर असिकर रहमन सिब्लीले १२९ रनको शतकीय इनिङ्स खेले । उनले १४९ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चोधुर मोहम्मद रिजवानले ६० र अरिफुल इस्लामले ५० रन थपे । कप्तान महफुजुर रहमान रबीले २१ रन जोडे ।

यूएईका आयन अहमेदले चार विकेट लिए । ओमिद रेहमानले दुई र हार्दिक पाइ र ध्रुव परासरले एक/एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित कुल आठ टिमको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro