site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत

काठमाडौं । यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपाली टिमले खराब सुरुआत गरेको छ । 

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ३६ रनमात्र जोडेको छ । 

नेपालबाट हाल क्रिजमा रहेका ओपनर अर्जुन कुमाल १६ रनमा र उत्तम मगर दुई रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले अर्का ओपनर तिलक भण्डारीलाई सात, आकाश त्रिपाठीलाई ६ र कप्तान देव खनाललाई शून्य रनमा गुमाएको थियो । आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । 

आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । 

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro