site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वर्ण पदक विजेता खेलाडी कार्कीलाई सम्मान

काठमाडौं । मसल मेनिया, एसियन लेभल अन्तर्राष्ट्रिय बडीबिल्डिंग कम्पिटिसनका स्वर्ण पदक जितेका किशोर कार्कीलाई सम्मान गरिएको छ ।

राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कार्कीलाई सम्मान गरे । खरेल अर्गनाइजेसनले सम्मान गरेको हो ।

खेल र खेलाडीको लागि सँधै केही न केही गरी रहने योजनाअनुसार खरेल अर्गनाइजेसनले विभिन्न इभेन्टहरू गरी रहने गर्दछ ।

"नेपाली खेलाडीले धेरै नै परिश्रम र मेहनतले गर्दा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने गरेका हुन्" सज्ञान खरेलले कार्यक्रममा बोल्ने क्रममा बताए ।

प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री लिम्बूले कार्यक्रममा बोल्दै खेल क्षेत्र र खेलाडीका लागि काम गर्न मन्त्रालय सँधै तत्पर रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro