site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्णपदकसहित शीर्ष स्थान हासिल गरेको छ । नेपालले २६ रजत र ६ कास्यपदक पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यसाथ दोस्रो भयो । नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, सात रजत र १४ कास्य जित्यो ।

चार स्वर्ण, एक रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कास्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौँ र दुई कास्यसाथ भुटान छैटौँ भयो ।

शनिबार र आइतबार भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका (एनओसी टिम) र भुटान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष खेलाडी सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro