site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोट हुने २०औँ टिम बन्यो युगान्डा, टेस्ट राष्ट्र जिम्बाब्वे बाहिरै 

काठमाडौं । युगान्डा आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुने २०औँ टोली बनेको छ । अफ्रिका छनोटमा बिहीबार भएको खेलमा रवान्डालाई नौ विकेटले हराउँदै युगान्डाले पहिलोपटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको हो ।

अफ्रिका छनोटबाट युगान्डाले स्थान बनाउँदा जिम्बाब्वे र केन्याको सम्भावना समाप्त भएको छ । 

नामिबियामा जारी छनोटबाट दुई टिम विश्वकप छनोट हुने प्रावधान थियो । जसअनुसार घरेलु टिम नामिबिया र युगान्डा विश्वकपका लागि छनोट भएका हुन् ।

बिहीबार युगान्डाले हारेमा जिम्बाब्वे र केन्यामध्ये एक टिम छनोट हुने समीकरण थियो । तर, रवान्डाले प्रस्तुत गरेको ६६ रनको लक्ष्य ८.१ ओभरमा एक विकेट गुमाएर सहजै पूरा गर्दा युगान्डा छनोटबाट विश्वकप पुग्ने दोस्रो टिम बन्यो ।

योसँगै आगामी वर्ष हुने विश्वकपमा खेल्ने २० वटै टिमको टुंगो लागेको छ । विश्वकपको आगामी संस्करणमा युरोपबाट दुई, पूर्वी एसिया–प्यासिफिकबाट एक, अमेरिकाबाट एक, एसियाबाट दुई र अफ्रिकाबाट दुई टिम छनोट भएका छन् । गत वर्ष विश्वकप खेल्ने आठ टिम सोझै छनोट हुँदा अफगानिस्तान र बंगलादेश पनि आईसीसी वरीयताअनुसार सोझै छनोट भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro