site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युक्यासलसँग चेल्सीको फराकिलो हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले चेल्सीविरुद्ध ४–१ को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा न्युक्यासललाई जित दिलाउन एलेसान्डर इसाक, जमल लास्केलेस, जोइलिन्टोन र एन्टोनी गोर्डोनले गोल गरे । १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको चेल्सीका लागि भने रहिम स्टर्लिङले एक गोल फर्काएका थिए ।

१३औँ मिनेटमा इसाकले गोल गर्दै घरेलु टिमले अग्रता बनाएको थियो । तर, २३औँ मिनेटमा स्टर्लिङको गोलबाट चेल्सी खेलमा फर्किएको थियो । खेलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भए पनि दोस्रो हाफमा न्युक्यासलले तीन गोल थप्यो ।

६०औँ मिनेटमा लास्केलेसले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर बनाए । लगत्तै अर्को मिनेटमा जोइलिन्टोनले गोल गरेपछि पाहुना टिम चेल्सी ३–१ ले पछि परेको थियो ।

७३औँ मिनेटमा रिस जेम्स रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यस्तै, ८३औँ मिनेटमा गोर्डोनले गोल गरेपछि न्युक्यासलले ४–१ को सहज जितसहित तीन अंक सुनिश्चित गर्यो ।

जितसँगै १३ खेलबाट २३ अंक जोडेको न्युक्यासल तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक जोडेको चेल्सी तालिकाको १०औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro