site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

काठमाडौं । मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगिता बिहान काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट सुरू भएको छ । आयोजकका अनुसार यो नेपालकै पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस हो ।

मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दुरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुने बताइएको छ । सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन् ।

‘मञ्जुश्री ट्रेल रेस’ले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए । 

आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टूर मोन्टा रोस (यूटीएमआर)’मा सहभागी हुने अवसर पाउनेछन् । उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीको सम्पूर्ण व्यवस्थापन मञ्जुश्री ट्रेल रेसले गर्ने बताइएको छ । 

स्विजरल्याण्डमा आयोजना हुने यूटीएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तराष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापाले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro