site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपमा पुर्‍याउने यू–१९ टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा छनोट हुन सफल टिमलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको छ ।

आज बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले पुरुषतर्फ एसीसी यू–१९ प्रिमियर कपबाट सन् २०२४ मा हुने यू–१९ एसिया कपमा छनोट भएको टिमलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।

क्यानका अनुसार यू–१९ टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् ।

क्यानले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन सफल टिमलाई ५० लाख रुपैयाँ नगदबाट सम्मान गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro