site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङमा नेपालको संघर्ष, कुशल मल्ल चौथो विकेटको रूपमा आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले सुरुआती १० ओभरमै चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको हो । मल्लले नेपाली टिमको खातामा तीन रनमात्र थपे । 

जारी खेलको ११ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ६१ रन बाएको छ । 

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro