site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानविरुद्ध उपाधिका निम्ति खेल्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपालले ओमानविरुद्ध खेल्दै छ ।

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह 'ए' को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

सेमिफाइनलमा नेपालले समूह 'बी' को विजेता यूएईलाई हराएको थियो । यता, ओमानले भने बहराइनको चुनौती पन्छाएको थियो ।

फाइनलको यात्रा तय गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपालले सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।

कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro