site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालका आसिफ शेखको अर्धशतक  

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

शुक्रबार मूलपानीस्थित माथिल्लो मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आसिफले ३९ बलमा एक छक्का र चार चौकासहित ५० रन पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो चौथो अर्धशतक हो । 

जारी खेलको १४ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ९६ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro