site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले गुमायो दोस्रो विकेट, गुल्सन आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । 

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १०औँ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका गुल्सन झालाई यूएईका बसिल हमिदले बोल्ड गरे । गुल्सनले टिमको खातामा २२ रन थपे ।

जारी खेलको १० ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ७९ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो । 

आजको खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro