site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १८औँ ओभरको पहिलो बलमा छैटौँ विकेट लिएको हो । यूएईका बसिल हमिदलाई सन्दीप लामिछानेले गुल्सन झाबाट क्याच गराए । हमेद एक रनमा पभेलियन फर्किए ।

जारी खेलको १७.२ ओभर समाप्त हुँदा यूएईले ६ विकेट गुमाएर ११८ रन बनाएको छ । 

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro