site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई पाँचौँ सफलता, कप्तान रोहितले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १६औँ ओभरको पाँचौँ बलमा पाँचौँ विकेट लिएको हो । 

यूएईका अली नासिरलाई कप्तान रोहितकुमार पौडेलले कुशल भुर्तेलबाट क्याच गराए । नासिर चार रनमा पभेलियन फर्किए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर १०० रन बनाएको छ । 

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro