site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रलाई यसै प्रतियोगितामा फर्काउन प्रयासरत छौँ : डा सिंह

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटका मेडिकल कोअर्डिनेटर डाक्टर अभिषेकराज सिंहले पहिलो खेलअघि नै घाइते भएका नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई यही प्रतियोगितामा फर्काउने कोसिसमा रहेको बताएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग खेलेको थियो । तर, सिंगापुरसँगको खेलअघि नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बायाँ खुट्टामा चोट लागेको थियो ।

चोटका कारण दीपेन्द्रले खेल्न नसक्ने भएपछि नेपाली टिममा विवेक यादवले मौका पाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

खेलअघि, घाइते भएपछि दीपेन्द्रले प्रतियोगिता नै गुमाउने चर्चा चुलिएको थियो । तर, डा. सिंहले भने मेडिकल टिमले दीपेन्द्रलाई यही प्रतियोगितामा फर्काउने कोसिस गरिरहेको बाह्रखरीलाई बताए ।

“सिंगापुरविरुद्धको खेलअघि वार्मअपका दौरान दीपेन्द्रको बायाँ खुट्टामा चोट लागेको थियो । उनको ट्यालो फिबुलिएर लिगामेन्ट टियर भएको हो । मेडिकल टिम दीपेन्द्रलाई यसै प्रतियोगितामा फर्काउने कोसिसमा छ,” सिंहले भने ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro