site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोटअघिको हारले झस्किएका छौँ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकप छनोटअघि युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको हारले टिमलाई झस्काएको प्रतिक्रिया दिएका छन् ।

नेपालले घरेलु मैदानमा सम्पन्न त्रिदेशीय शृंखलाको फाइनलमा शुक्रबार यूएईसँग चार विकेटको हार बेहोरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै शृंखलाको उपाधि जितेको थियो ।

यूएईसँगको खेलपछि रोहितले यो हार घरेलु मैदानमै हुने विश्वकप छनोटअघि नेपाललाई ‘अलार्म’ भएको बताएका हुन् ।

“समग्र खेलबारे भन्नुपर्दा मेरो र दीप्पी दाई (दीपेन्द्रसिंह ऐरी) विकेट महत्वपूर्ण थियो । त्यो विकेट गइसकेपछि रन त्यति बनेन,” रोहितले भने, “अन्तिमको सात आठ ओभरमा ५०–६० रनमात्र बनायौं । १८० भन्दामाथि बनाउन जरुरी थियो । यो हारले हामीलाई झस्काएको नै छ । विश्वकप छनोटअघिको हार हाम्रो लागि अलार्म नै हो । अबको हाम्रो सम्पूर्ण ध्यान विश्वकप छनोट नै हो ।”

विश्वकप छनोटको एसिया क्वालिफायर नेपालमा कार्तिक १३ गतेदेखि सुरु हुँदै छ । छनोटमा कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro