site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्ट्सले मिलानलाई पराजित गर्दा लोकाटेलीको निर्णायक गोल 

काठमाडौं । मानुयल लोकाटेलीको निर्णायक गोलप्रेरित  खेलमा युभेन्ट्सले इटालिन सिरी 'ए' मा एसी मिलानविरुद्ध १-० को जित निकालेको छ ।

सोमबार सान सिरोमा भएको खेलमा घरेलु टोलीले १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । खेलको ४०औं मिनेटमा मलिक थिआवले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।

खेलको ६३औं मिनेटमा मानुअल लोकाटेलीले गोल गर्दै युभेन्ट्सलाई तीन अंक दिलाएका हुन् । 

जितसँगै नौ खेलबाट २० अंक जोडेको युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्ससँगको हारले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको एसी मिलान नौ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ । 

सिरी 'ए' को शीर्ष स्थानमा आसिन इन्टर मिलानले नौ खेलबाट २२ अंक जोडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro