site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङले यूएईलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपालमा जारी त्रिदेशीय शृङ्खलामा हङकङले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुलपानीस्थित माथिल्लो मुलपानी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनको लक्ष्य प्रस्तुत गरेकाे हाे ।

हङकङका बाबर हायतले ६६ रन बनाए । उनले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ऐजाज खानले ४८ रन थपे । २५-३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि ११४ रनको साझेदारी गर्दै हङकङको इनिङ्स सम्हालेका थिए ।

अन्शुमन रथले १४ रन जोडे । यूएईका र जहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट लिए । नेपालमा कात्तिक १ गतेदेखि जारी त्रिदेशीय शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

शृङ्खलामा हङकङको यो तेस्रो र यूएईको दोस्रो खेल हो । नेपाल भने लगातार तीन खेलमा जित निकाल्दै अन्तिम खेल अगावै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro