site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध नेपाललाई छैटौँ सफलता, मौसमलाई डेब्यू विकेट   

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका मौसम ढकालले छैटौँ सफलता दिलाएका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मौसमको यो पहिलो विकेट हो ।

मौसमले १३.५ ओभरमा हङकङका जिसान अलीलाई कुशल मल्लबाट क्याच गराए ।

जारी खेलको १५ ओभर समाप्त हुँदा हङकङले ६ विकेट गुमाएर ६८ रन बनाएको छ । 

शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro