site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध बलिङमा नेपालको दबदबा 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले चार ओभरको समाप्तिमा हङकङका चार ब्याटरलाई आउट गरेको छ ।

नेपालका करण केसीले तीन विकेट लिए । यस्तै, अर्को एक विकेट सोमपाल कामीले लिएका छन् । 

जारी खेलको पाँच ओभर समाप्त हुँदा हङकङले चार विकेट गुमाएर १५ रन बनाएको छ । 

शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro