site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुल्सनले लिए नेपालका लागि तेस्रो विकेट 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका गुल्सन झाले तेस्रो सफलता दिलाएका छन् । 

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले सातौँ ओभरको पहिलो बलमा तेस्रो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका मुहम्मद वसिम कुशल भुर्तेलबाट क्याच भए । वसिम १७ रन बनाएर आउट भए ।

जारी खेलको सात ओभर समाप्त हुदा यूएईले तीन विकेट गुमाएर ३८ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro