site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध दोस्रो विकेट लिएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा टिमका लागि दोस्रो विकेट लिन सफल भएको हो । 

नेपालका करण केसीले गरेको बलमा यूएईका अलिसान सराफु विकेटकिपर आसिफ शेखबाट क्याच भए । 

जारी खेलको चार ओभर समाप्त हुदा यूएईले दुई विकेट गुमाएर १५ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए ।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro