site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिए ।

विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । 

शृंखलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro