site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनल खेल पूरा नखेली भारतले कसरी पायो क्रिकेटमा स्वर्णपदक ?

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ भारतले स्वर्णपदक जितेको छ । शनिबार हाङझाउस्थित जेझियाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल वर्षाका कारण सम्भव नभएपछि भारतले स्वर्ण पाएको हो ।

फाइनलमा टस हारेर ब्याटिङमा आएको अफगानिस्तानले १८.२ ओभरमा पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, यसपछि सुरु भएको वर्षाका कारण खेल सम्भव नहुँदा अफगानिस्तानले पूरै २० ओभर खेल्न पाएन ।

वर्षाका कारण दोस्रो इनिङ सम्भव नबनेपछि भारतले आईसीसीको वरीयताअनुसार स्वर्ण जितेको हो ।

आईसीसीका अन्य प्रतियोगितामा फाइनल खेल वर्षाले बिथोलिए ‘रिजर्भ डे’को व्यवस्था हुन्छ । तर, एसियाली खेलकुदमा भने ‘रिजर्भ डे’को व्यवस्था थिएन ।

यसैकारण भारतले आईसीसीको वरीयताका आधारमा स्वर्ण जितेको हो । ट्वान्टी–२० वरीयतामा भारत शीर्ष स्थानमा छ । अफगानिस्तान भने वरीयताको दशौँ स्थानमा छ ।

वरीयतामा पछि परेको अफगानिस्तानले रजत जित्दा तेस्रो स्थानका लागि भएको खेलमा पाकिस्तानलाई हराउँदै बंगलादेशले काँस्यपदक जित्यो ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाली टिमले पनि सहभागिता जनाएको थियो । तर, क्वार्टरफाइनलमा भारतसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro