site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तीन ब्याटरको शतकमा दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो कीर्तिमानी लक्ष्य

काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ४२९ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४२८ रन बनायो । एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि, दक्षिण अफ्रिकाले नै सन् २०१५ मा ४०८ रनको उच्च योगफल बनाएको थियो ।

दक्षिण अफ्रिका रसे भान डेर डुसेनले १०८ रन बनाए । उनले ११० बलमा १३ चौका र दुई छक्का प्रहार गरे । आइदेन मार्करमले १०६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका मार्करमले ५४ बलमा १४ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर क्विन्टन डी ककले पनि शतक बनाए । उनले ८४ बलमा १२ चौका र तीन छक्कासहित १०० रनको योगदान गरे । एकदिवसीय विश्वकपको इतिहासमा एकै टिमका तीन ब्याटरले शतक बनाएको पनि यो पहिलोपटक हो ।

यस्तै, डेविड मिलरले ३९, हेनरिक क्लासेनले ३२ र मार्को जान्सेनले १२ रन बनाए । कप्तान टेम्बा बवुमा भने आठ रनमै आउट भएका थिए ।

श्रीलंकाका दिल्सान मदुसंकाले दुई विकेट लिए । कासुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान एक विकेट लिए ।

अक्टोबर ५ देखि सु्रु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । विश्वकपको यो संस्करणमा कुल १० टिमको सहभागिता छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro