site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
करणले भने– ब्याट भाँचिएकोबारे खेलपछि मात्र थाहा पाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले भारतविरुद्ध ब्याट भाँचिएको बारेमा आफूलाई खेलपछि मात्र थाहा भएको बताएका छन् ।

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा भारतविरुद्ध अन्तिममा ब्याटिङ गर्न आएका करण केसीको ब्याट भाँचिएको थियो ।

करणले भाँचिएको ब्याटले ब्याटिङ गरिरहेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । जसबारे नेपाली क्रिकेटरसँग पर्याप्त ब्याट नभएको जस्ता टिप्पणी आएका थिए ।

तर, करणले भने खेलका दौरानमा ब्याट भाँचिएको बारेमा आफूलाई थाहा नभएको र ब्याटिङका लागि आफूसँग अर्को ब्याट पनि रहेको प्रष्टिकरण दिएका हुन् ।

"त्यो खेलिरहेको ब्याट नै हो । त्यो अन्तिम ओभर थियो । पाँच वटा छक्का चाहिन्थ्यो । दुई बल सुरुमै डट भइसकेको थियो । त्यसपछि कसरी जित्ने भनेर अलि तनाब भइरहेको थियो । ब्याट घुमाउनु प¥यो । कम्तीमा नजिकसम्म जान पर्‍यो नि । मलाई लाग्छ खेल्दा खेल्दै एउटा योर्करमा त्यो ब्याट गइसकेको थियो । त्यतिबेला ध्यान गरिन । मतलबै भएन । ड्रेसिङ रूम जाँदा ब्याट भाँचिएको रहेछ । कुशलले यो ब्याट त भाँचिएको रहेछ, कसरी हान्नु भयो छक्का भन्यो । त्यति बेला मैले थाहा पाए । पछि सोसल मिडियामा अयो," उनले भने, "भाँचिएको थाहा नभएको हो, अर्को ब्याट नभएको हैन," उनले भने ।

भारतविरुद्ध नेपाल २३ रनले पराजित भएपछि पुरूष क्रिकेटको क्वार्टरफाइनबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro